उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा
मकालु खबर
२०७९ भदौ ७ गते
काठमाडाैँ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका छन् । पार्टीभित्रैबाट मुख्यमन्त्री राउतको आलोचना बढेको भन्दै अध्यक्ष यादवले उनको राजीनामा मागेका हुन् ।
हालै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । त्यतिबेला राजीनामाको मागबारे मौन रहेका अध्यक्ष यादवले अहिले भने राउतलाई राजीनामा दिन निर्देशन दिएको बताइएको छ ।
‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान अन्तर्गत वितरण भएका साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै मुख्यमन्त्री यादवको चर्को आलोचना भइरहेको थियो ।
मकालु खबर
२०७९ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित