एभर्टन र लेस्टर सिटी तेस्रो चरणमा

काठमाडौँ । प्रिमियर लिग क्लब एभर्टन र लेस्टर सिटी काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेका छन् । एभर्टन फ्लिडउड टाउनलाई १-० ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको हो । एभर्टनको जितमा डेमिराइ ग्रेले निर्णयक गोल गरे ।

यस्तै लिग टु क्लब स्टकपोर्टलाई पेनाल्टीमा ३-१ ले हराउँदै लेस्टरले पनि तेस्रो चरणमा स्थान बनाएको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टी सुटआउटमा लेस्टरका लागि डेब्यु गरेका गोलकिपर डानिएलले ३ पेनाल्टी बचाएका थिए । यस्तै लेस्टरका हार्भे बर्नेस, युरी टेलीमन्स र ड्युजबरी हलले पेनाल्टीमा गोल गरे । स्टकपोर्टका रायनले मात्र गोल गरे ।

त्यस्तै उल्भ्स, एस्टन भिल्ला, बर्नली, साउथह्याम्पटन, बर्नेमाउथ, क्रिस्टल प्यालेस, नटिङघम फरेस्ट र ब्रेन्टफोर्डले पनि तेस्रो चरणमा स्थान बनाएका छन् । फुलहम भने क्रली टाउनसँग २-० ले पराजित हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *