नेकपा एस ओलीकाे प्रतिगमनविरुद्ध जन्मिएकाे पार्टी : जगन्नाथ खतिवडा
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एस केपी शर्मा ओलीले प्रतिगमन र आत्मसमर्पणवादका विरुद्धमा उठेको पार्टी भएकाे बताएका छन् ।
एकीकृत समाजवादीले बुधवार पार्टी पुनर्गठनको एक वर्ष पूरा भएको अवसरमा पार्टी कार्यालय बानेश्वरमा आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा बेल्दै प्रचार विभाग प्रमुख खतिवडाले यस्ताे बताएका हुन् । उनले नेकपा एसले ऐतिहासिक सफलता हासिल पारेको समेत दाबी गरे ।
उनले भने, ‘३६४ दिन पुगेको सन्दर्भमा मैले बोल्दै छु । हाम्रो पार्टी तत्कालीन प्रधानमन्त्री केपी शर्मालाई सडक ल्याउन सफल भयो र देश र जनताको आवश्कतामा गठबन्धन सरकार बन्यो । यसलाई हामीले ठूलो सफलता र उपलब्धि ठानेका छौँ ।’
उनले अहिले पार्टीमा ३ लाख भन्दा बढी सदस्य रहेका भन्दै पार्टी जनमतका हिसाबले ठूलाे रहेकाे जिकिर गरे ।
त्यस्तै, खतिवडाले विद्रोह गर्नेले केही कुरा पनि नगुमाउने बताउँदै मुलुक जोगाउनु नै एक वर्षको ठूलो उपलब्धिका रूपमा रहेको दाबी गरे ।
विद्रोहलाई साथ दिन जनता तयार रहेको बताउँदै उनले लाखाैँलाख सदस्य हुनु एउटा कम्युनिस्ट आन्दोलनका लागि ज्यादै ठूलो सफलता भएको बताए ।