हिरो विद्युतीय साइकल अब किस्ताबन्दीमै पाइने, डाउनपेमेन्ट र ब्याज नलाग्ने (भिडिओ)

काठमाडौँ । हिरो कम्पनीको लेक्ट्रो इ–साइकलको आधिकारिक वितरक निम्बस इन्टरनेसनलले नेपाली बजारमा ल्याएको विद्युतीय साइकल अब मासिक किस्ताबन्दीमै पाइने भएको छ ।

अब उक्त साइकल खरिद गर्दा डाउनपेमेन्ट र ब्याजसमेत नलिइन कम्पनीले कुल मूल्यलाई मासिक रुपमा भाग गरी १८ महिनासम्मको किस्ताबन्दीमा बिक्री गर्न सकिने वितरक कम्पनी निम्बस इन्टरनेशनलको विद्युतीय साइकलतर्फका बिजनेश हेड दिपेश कायस्थले बताए ।

भिडिओ

‘६ महिना, १२ महिना र १८ महिनासम्मको अवधिमा साइकल खरिदको रकम भुक्तानी हुने गरी किस्ता दिने गरी डाउनपेमेन्ट नतिरी यो विद्युतीय साइकल खरिद गर्न सकिन्छ,’ उनले भने, ‘तत्कालका लागि हामीले एनआईसी एसिया बैंकसँगको सहकार्यमा साइकल उपलब्ध गराइरहेका छौँ । क्रेडिटकार्डका आधारमा र आफूले काम गरेको संस्थाको तलबी खाताको आधारमा समेत साइकल उपलब्ध गराउने छौँ । यसका लागि कुनै ब्याज लाग्दैन ।’

साइकलको मोटर र ब्याट्रीमा कम्पनीले २ वर्षको वारेन्टी दिएको उनले बताए । एक पटक चार्ज गरेपछि ७० किलाेमिटरसम्म गुड्न सक्ने साइकल भएकाेले ब्याट्री सकिएकाे ठाउँबाट पाइडल चलाएर चार्ज गर्ने ठाउँसम्म पुग्ने सकिने सुविधा पनि रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *