गोरखामा तीजको दर खाएका १ सय जना बिरामी 

पोखरा ।  गोरखामा तीजको दर खाएका एकै गाउँका १ सय भन्दा बढी बिरामी भएका छन् । गोरखा ७ मान्द्रेढुंगाका स्थानीयहरू कृष्ण जन्माष्टमीको दिन दर खाएपछि बिरामी भएका हुन् ।

भोज खाएका सबैजसो बिरामी परेका वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । उनीहरूको गाउँमै स्वास्थ्यकर्मी लगेर उपचार भइरहेको छ ।

घर घरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधी र उपचार गरिएको उनले बताए । बिरामी भएकाहरूलाई पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने जस्ता समस्या देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *