सुर्खेतबाट २ लाख ४७ हजार मतदाताले मतदान गर्ने

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुर्खेत जिल्लाबाट २ लाख ४७ हजार सात सय ४० जनाले मतदान गर्ने भएका छन् ।

जसमध्ये १ लाख २० हजार सात १४ जना पुरुष रहेका छन् भने १ लाख २७ हजार २६ जना महिलाले मतदान गर्न पाउने भएका छन् । बिहीबार पत्रकार अन्तरक्रिया गर्दै निर्वाचन आयोगले यस विषयमा जानकारी दिएको हो ।

२ वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन क्षेत्र नं– १ म एक लाख २३ हजार ७५ जना मतदाता संख्या रहेको छ भने क्षेत्र नं–२ मा १ लाख २४ हजार ६६५ जना मतदाता संख्या रहेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकामा मतदाता संख्या सबैभन्दा बढी रहेको छ । यद्यपि यो तथ्याङ्क निर्वाचन सम्म घटबढ पनि हुनसक्ने अनुमान उनको छ ।

यस्तै, यही भदौ १२ गते निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । उक्त कार्यतालिका अनुसार मतदाता नामावलीमा कसैले झुटा विवरण दिएर नामावलीमा नाम सिफारिस गरेको खण्डमा उजुरी दिनसक्ने मिति १३–१५ गतेसम्मका लागि तोकिएको छ । उजुरी परेको खण्डमा मतदातालाई प्रमाणसहित सफाइका लागि १३–१७ गते सम्मका लागि तोकिएको उनले बताए ।

चालिसेले भने, ‘मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि १३–१६ गतेको समयावधि तोकिएको छ । मतदाताको हकमा जाँचबुझ गरी मृत्यु भएका मतदाताको प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समयावधि १३–१७ गते तोकिएको छ ।’

यस्तै, कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुर्खेत स्थित नौ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षहरूको सहभागी रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *