हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २-० गोल अन्तरले पछि परेको सिटीले दोस्रो हाफमा शानदार कमब्याक गर्दै जित हासिल गरेको हो । सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका छन् । हालाण्डले खेलको ६२औँ, ७०औं र ८१औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि अर्को गोल बेर्नान्डो सिल्भाले एक गोल गरेका थिए ।

त्यस्तै क्रिस्टल प्यालेसका लागि एक गोल जोचिम एण्डरसनले गरेका थिए भने एक गोल सिटीका जोन स्टोन्सले आत्मघाती गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ४ खेलमा १० अंक भएको छ । त्यस्तै क्रिस्टल प्यालेसको ४ खेलमा ४ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *