टी–२० अन्तर्राष्ट्रिय शृंखलामा केन्याविरुद्ध ज्ञानेन्द्रको अर्धशतक
मकालु खबर
२०७९ भदौ १४ गते
काठमाडौं । नेपालका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका थिए । ज्ञानेन्द्रले १४औं ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरेका थिए ।
अर्धक शतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए भने उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेलेका थिए । विराज पटेलको बलमा उनी बाउण्ड्रीमा क्याचआउट भएका हुन् ।
ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो भने, जारी सिरिजमा नेपालका लागि यो पहिलो अर्धशतक हो ।
पाँचौं तथा अन्तिम खेल अहिले भइरहदा केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा दुवै टिमले २–२ खेल जितेका छन् ।
मल्ल नेपाली क्रिकेट टिमका पूर्वकप्तान हुन् ।
मकालु खबर
२०७९ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित