ज्ञानेन्द्र मल्लको अर्धशतकमा केन्यालाई १७६ रनको लक्ष्य
मकालु खबर
२०७९ भदौ १४ गते
काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० अन्तराष्ट्रियमा घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो भने, जारी सिरिजमा नेपालका लागि यो पहिलो अर्धशतक हो ।
यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।
खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भईरहेको छ ।
मकालु खबर
२०७९ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित