बैंक अफ काठमाडाैँकाे भवन अनुगमनका लागि नक्साल पुग्याे महानगरकाे टिम (तस्वीरसहित)
२०७९ भदौ १५ गते

काठमाडाैँ । सार्वजनिक जग्गामा बनेका संरचना हटाउने काठमाडाैँ महानगरपालिकाकाे अभियान अन्तर्गत बुधवार महानगरका प्रहरी प्रमुख राजु पाण्डेले नारायण चाैर नक्सालमा रहेकाे बैंक अफ काठमाडाैँकाे भवन अनुगमनमा गरेका छन् ।
पाण्डेकाे नेतृत्वमा बुधवार प्रहरीसहितको टोलीले बैंक अफ काठमाडौ रहेको भवनकाे अनुगमन गरेको हाे ।
भवनका केही संरचना नक्सा विपरीत रहेको भन्ने सूचनापछि महानगरले अनुगमन गरेको पाण्डेले बताए ।
अनुगमन पछि अब नक्सा भिडाएर थप कदम चालिने उनले बताएका छन् । काठमाडाैँ महानगरमा मेयर बालेन शाहले आक्रामक रूपमा अवैध संरचना हटाउने अभियान थालेका छन् ।
तस्वीरः
२०७९ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित