एक दिवशीय क्रिकेटमा केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज दोश्रो एकदिवशीय खेल्दैछ। दिन एकदिवशी श्रृंखलामा शुक्रबार पहिलो खेल भएको थियो। जसमा नेपाल ७ विकेटले विजयी भएको थियो।

जिमखाना रंगशालामा केहिबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। नेपालका नियमित कप्तानबिनै एक दिवशीय खेलिरहेको नेपालको कप्तानी उपकप्तान रोहीत पौडेलले गरेका छन्।

यसअघि पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गरेको थियो। दोश्रो खेलमा देव खनालले मौका पाएका छन्। आसिफ शेखको ठाउँमा उनले मौका पाएका हुन्।

यसअघि पहिलो खेलमा आसिफले सतक प्रहार गर्दै नेपाललाई सहज जित दिलाएका थिए। आजको खेलमा विजयी भए नेपालले त्रिदिवशीय श्रृंखलामा जित सुनिश्चित गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *