गण्डकी कांग्रेसः आकांक्षीको नाममा राय लेख्न पदाधिकारीलाई जिम्मा 

Kangreपोखरा । नेपाली कांग्रेस गण्डकीले आसन्न निर्वाचनका लागि संकलन भएको आकांक्षीको नाम केन्द्रमा पठाउँदै छ ।

सोमबारसम्म उक्त नाममा आवश्यक राय सहित केन्द्रमा सिफारिस गर्नुपर्छ । त्यसका लागि पदाधिकारीलाई राय लेख्ने जिम्मा दिइएको छ । ११ वटै जिल्लाबाट आकांक्षीको नाम प्राप्त भएको र त्यसमा राय लेख्नका लागि पदाधिकारीलाई जिममा दिइएको प्रबक्ता माधव बास्तोलाले बताए ।

बैठकमा आफ्नो पार्टीबाट उम्मेद्वार बनेकाहरुलाई विजयी गराउन विशेष अभियान सन्चालन गरिने उनले जानकारी दिए । उम्मेद्वारको नामावली बारे छलफल गर्न आइतबार प्रदेश कार्यसमिति बैठक बसेको हो ।

बैठकबाटै नेपाली कांग्रेसमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्न ३० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय भएको छ । यस्तै, भदौ २४ गते विपी जयन्तिको अवसरमा विपी स्मृती पुस्तकालय र सुचना सञ्चार तथा प्रचार प्रसार बिभागकोे कक्ष उद्घाटन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *