एम्बाप्पेको दुई गोलमा पिएसजीले युभेन्ट्सलाई हरायो
मकालु खबर
२०७९ भदौ २२ गते
काठमाडौँ । पिएसजीले च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा पिएसजीले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका हुन् । उनले खेलको पाँचौं र २२औं मिनेटमा गोल गरेका थिए । एम्बाप्पेका गोल नेइमार र हाकिमीले असिस्ट गरेका थिए । त्यस्तै युभेन्टसका लागि वेस्टन म्याकेनीले एक गोल गरेका थिए ।
यो जितपछि च्याम्पियन्स लिगको समुह एचमा रहेको पिएसजीको ३ अंक भएको छ । यसै समुहमा रहेको बेनिफिकाले गएराती सम्पन्न खेलमा मक्काबी हैफालाई २-० गोल अन्तरले पराजित गरेको छ । यो जितपछि बेनिफिकाले पनि ३ अंक हासिल गरेको छ ।
मकालु खबर
२०७९ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित