पोखराले पनि चलायो डोजर, जीर्ण संरचना भत्काइयो
२०७९ भदौ २३ गते
पोखरा । पोखरा महानगरपालिकाले धेरै वर्ष पहिले निर्माण गरिएका संरचना जीर्ण भएको भन्दै बिहीबारदेखि डोजर लगाएर भत्काउन थालेको छ । महेन्द्रपुल स्थित २०५६ सालमा निर्माण गरिएको आर्ट ग्यालरी र पुस्तकालय भत्काएको हो ।
अघिल्लो कार्यकालमा नै भत्काउने निर्णय भएको थियो । तर विभिन्न कारणले रोकिएकोमा नयाँ जनप्रतिनिधि आएपछि भत्काइएको हो । त्यहाँ धेरैले व्यवसाय गर्दै आएका छन् ।
तर महानगरलाई भाडा नतिर्दा करोडौँ रकम नोक्सान भएको छ । उठ्न बाँकी बक्यौताबारे भने महानगरले केही निर्णय गरेको छैन ।
२०७९ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित