ग्राहम पोटर बने चेल्सीको मुख्य प्रशिक्षक

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब चेल्सीले ग्राहम पोटरलाई आफ्नो मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोटरले ब्राइटन क्लब छोडेर चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् ।

चेल्सीले ग्राहमलाई पाँच वर्षका क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चेल्सीले बुधबार मात्र आफ्ना प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो ।

४७ वर्षीय पोटरले ब्राइटनमा मे २०१९ देखि प्रशिक्षकको भूमिकामा थिए । योसँगै पोटरले शनिबार चेल्सीको फुलह्यामविरुद्ध हुने खेलदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *