पर्यावरणको अन्तर्बोध दिलाउने कथा संग्रह- ब्लु प्लानेट !
काठमाडाैँ । विजय हितान को हुन् ? कहाँ बस्छन् ? के गर्छन् ? त्यो थाहा थिएन । बस्, उनी एउटा लेखहरूक हुन्, सामाजिक सञ्जाल र बेला-बेलामा ओनलाइनमा प्रकाशित हुने उनका लेखहरू पढेर, त्यसरी उनलाई चिन्थेँ । चिन्दै गएँ । उनी पर्यावरणीय साहित्यका अभियन्ता रहेछन्, स्थापक रहेछन् । त्यो कुरा पछि थाहा भयो ।
त्यसपछिका समयमा हितानसँग भर्च्यूअल भेटघाट चलिरहन्छ । चिनारीसँगै साहित्यका संवाद पनि हुन्छन् । उनको लेखहरूबारे अभिप्राय मैले थाहा पाउँदै गएँ । उनीसँग ठूलो चिन्ता थियो, पर्यावरण बचाऊको । बेलायत सरकारको कर्मचारी भएर, वातावरणविद्को रूपमा कार्यरत उनको अवधारणाले म अत्यन्तै प्रभावित भएँ । प्रवासमा रहेर नेपाली वाङ्मयको सेवा गर्ने एक सेवकलाई नेपाल भूमिको तर्फबाट हृदयदेखि नै मैले कृतज्ञता प्रकट गरेँ ।
बेलायतबाट हितानले पर्यावरणीय साहित्यको वेबिनार पनि सञ्चालन गर्दै आएका रहेछन् । केही पटक म पनि उपस्थित भएकी थिएँ । कार्यक्रम निकै लाभदायक हुँदा रहेछन् । त्यसको प्रभाव ममा लामो समय रहन्थ्यो । त्यसपछि आफ्नो बारेमा भन्दा पनि प्रकृतिको बारेमा मैले धेरै कुरा सोच्न थालेँ । सन् २०२१ मा छैटौँ वातावरण साहित्य गोष्ठी पनि सम्पन्न भयो, हितान आबद्ध साहित्य संस्थाद्वारा । त्यसको एउटै निचोड थियो— अब मानवेत्तर जगत्को बारेमा पनि सर्जकहरू सचेत हुनुपर्छ ।
मानव जगत्माथि प्रतिदिन विपति बढ्दैछ । त्यसबाट जोगिनको लागि अब सजग हुनुपर्ने दिन आएको छ । उता सानै उमेरकी ग्रेटा थुनबर्ग पर्यावरण बचाऊ अभियानमा, दिनरात धपेडीमा छिन् । आ-आफ्नो ठाउँबाट हामी पनि जागरुक हुनुपर्ने समय आएको छ । यो धर्ती मानवको मात्र होइन, सम्पूर्ण प्राणी तथा चराचर सबैको साझा बासस्थान हो । अब हामीलाई यो कुरा पनि थाहा हुन आवश्यक छ— पर्यावरण बचाऊ अभियानमा अभिप्रेरित हुनु भनेकै मानव अस्तित्वको रक्षामा जुट्नु हो ।
बेलायतदेखि पर्या साहित्य अभियानको स्वर सुसेल्दै २०७८ को जेठमा उनी मातृभूमि आएका थिए । हो, त्यतिबेला उनीसँग प्रत्यक्ष भेट भएको थियो । बालाजु सोह्रखुट्टेस्थित बाजेको सेकुवामा हामी कफी पिउँदै थियौँ । मलाई उनी कुनै नौलो मानिस लागेन । वर्षौँपछि भेटिएको मित्र आभासले थोरै पनि अप्ठ्यारो अनुभूति भएन । त्यो टेबुल गफ अत्यन्तै रमाइलो भयो, अविस्मरणीय रह्यो ।
त्यसलाई साहित्यिक भेटघाट नै भनौँ, किनकि हाम्रा संवाद साहित्यकै थिए । अन्त्यमा किताब आदानप्रदान गर्याैँ । ब्लु प्लानेट हो त्यतिखेर उनले मलाई दिएका थिए । पर्यावरणीय चेतनाले लेखखिएको यस कृतिमा पन्ध्र वटा कथा समाविष्ट रहेछन् । मैले पनि उनलाई मेरो अनायोजित उपन्यास उपहार दिएँ ।
“पृथ्वी तातिसक्यो हामी अझै तातेनौँ” भन्ने चिन्ता भएका हितान पृथ्वीलाई ठण्डा बनाउने अभियानमा लागेका छन् । धेरैलाई यस अभियानमा उनले प्रेरित गर्दै पनि छन् । सन् २००८ देखि फरक धार र दृष्टिकोणमा उनी लागेका छन् । यतिखेर वातावरण चेतनाले आन्दोलनकै रूप लिएको छ । त्यसअनुरूप उनका साहित्य निर्माण भएका छन् । नेपाली वाङ्मयमा उनलाई त्यो श्रेय प्राप्त भएको छ— नेपालमा वातावरणीय साहित्य भित्र्याउने उनी प्रथम स्रष्टा हुन् । त्यसपछि संयोजक, अभियान्ता, संस्थापकको जिम्मेवारी पनि उनैसँग देखिन्छ । त्यसो त यो जिम्मेवारी कसैले दिएर लिइने कुरा होइन । आफ्नै अन्तर्बोधले ग्रहण गर्ने कुरा हो । उनको तत्परता र कर्मले त्यो कुरा देखाउँछ । बेलायतमा रहेर पर्यावरणीय साहित्यको संरक्षण र सम्बर्द्धनमा अक्षुण्ण लागेका उनी यस धारका प्रतिनिधि स्रष्टा हुन् ।
पर्यावरणीय साहित्य र समालोचना उत्तरआधुनिकतावादको अनेक अवधारणामध्ये एक हो । एउटा सिद्धान्त हो, एउटा मार्ग हो । वैश्विक चेतना हो । विद्यमान समयको जल्दोबल्दो बहस हो । मानवेतर जगत्काे वकालत गर्ने एक किसिमको न्यायालय हो । स्रष्टा त्यसको न्यायाधीश हो । यहाँ हितान त्यही न्यायालयका एक वकिल भनूँजस्तो लाग्छ ।
ब्यु प्लानेटमा प्रविष्ट हुनु अघि म सोच्दैछु, स्रष्टा हितान यतै नेपालको परिवेशमा हुन्थे भने पर्यावरणीय दृष्टिले साहित्य रच्थे/रच्थेनन् होला ? त्यसो त प्रकृतिको निकट रहेर यहाँ साहित्य नरचिएका होइनन् । प्राडा गोविन्दराज भट्टराईको उत्तरआधुनिक विवर्शमा पर्यावरणीय साहित्य र समालोचना बारेमा उल्लेख पृष्ठहरू छन् । त्यस विषयमा बोल्ने वहाँ प्रथम समालोचक तथा सिद्धान्तकार हुनुहुन्छ । त्यही ग्रन्थबाट आफू अभिप्रेरित भएको हितान बताउँछन् ।
हितान प्रायः भनिरहन्छन्— अन्य विषयमा कलम चलाउने हजारौँ स्रष्टाहरू छन् । तर वातावरण लेखहरूनमा लाग्नेहरू औँलामा गन्न पनि नपुग्ने छन् । फेरि वातावरणीय समस्या विश्वव्यापी छ । जलवायु परिवर्तनको नकारात्मक असरले मानवीय अस्तित्वलाई खतरामा पुर्याएकाे छ । वातावरणीय समस्या अरू कसैले नभइ हाम्रै मानवीय क्रियाकलापले उब्जिएको हुँदा यसै विषयमा लेखहरू हाम्रो समाजमा जागरुकता ल्याउनु, मैले आफ्नो दायित्व सम्झेको छु ।
विकसित मुलुकले आधुनिकताको उत्कर्षता पार गरेर उत्तरआधुनिकता भोग्दैछ । भौतिक वाञ्छा र आकाङ्क्षाले तृप्त पश्चिमा प्रकृतितर्फ फर्किन थालेको धेरै भयो । उनीहरू पर्यावरणको अस्तित्वलाई स्वीकार्न सकेका छन् । उनीहरूको त्यो सोचाइमा पुग्न हामीलाई अझै केही शताब्दी लाग्नेछ । प्रकृतिको दोहन गरेर लाभ प्रतिलाभमा भुलेका हामीलाई पर्यावरण खल्बलिनुमा थोरै पनि चिन्ता छैन, चासो छैन । गरिबी र अज्ञानताको पहिलो र ठूलो असर प्रकृतिमै परेको छ ।
त्यस्तै अर्को ठाउँमा हितानले भनेका छन्– भानु जयन्ती सँगसँगै भालुजयन्ती पनि मनाऔँ । मोतीजयन्ती मात्र होइन माटोजयन्तीको महत्त्व पनि त्यतिकै छ । पृथ्वीनारायण जयन्ती मात्रै कति, पृथ्वी ग्रहको पनि जयन्ती मनाऔँ अब त । भुखको मात्रै कति अब रुखको पनि कथा लेखाैँ ।
प्रकृतिका कुरा गर्ने लेखहरूक उच्च संवेदनशील हुन्छन् । हितान त्यस्तै संवेदनशील छन् । प्रकृतिले भोग्नुपरेको कठोरता र अवसाद उनलाई आफ्नै भोगाइ लागेको छ । उद्वेलित छन्, विचलित छन् । वातावरणको दूर्बोध्य कष्ट, मौनताभित्रको अनन्त पीडा बोध गर्न उनी समर्थ छन् । पर्यावरण उद्धारको आह्वान गर्दै अर्को ठाउँमा फेरि भन्छन्— निरङ्कुश शासनका विरुद्धमा कलम उठाइयो, अब जलवायु परिवर्तनका विरुद्धमा कलम उठाउन जरुरी छ । छङछङ गर्ने झरना र चाँदीझैँ टल्कने क्या राम्रो हिमाल भनेर गीत लेखियो । अब सुक्दै गरेको झरना, पग्लिँदै गरेको हिमाल, लोपोन्मुख हिउँचितुवा, बासस्थान गुमाउँदै गरेको उत्तरी ध्रुवकाे भालु, अन्टार्कटिकाको पेङ्गुइनको पनि गीत लेख्न जरुरी छ ।
हितानका सिर्जनाले संकटपूर्ण स्थितिको बोध गराएर त्यसबारे केही सोच्न लगाउँछन्, सचेत बनाउँछन् अनि प्रकृतिलाई प्रेम गर्ने भावना पैदा गराउँछन् । ब्लु प्लानेटले पनि यही लक्ष्य राखेको छ । पात्र, घटना, परिवेश अनेक छन् । यद्यपि थिम एउटै छ— पर्यावरण बचाऊ । त्यसको असन्तुलनले दैनन्दिनको जीवन कठिन हुँदै गएको छ । अर्कोतिर मानवेत्तर प्राणीको हकहितका कुरा छन् । यो धरा मानवको मात्र होइन, सम्पूर्ण धर्तीवासीको हो । सम्पूर्णमा उति नै अधिकार छ । त्यति मात्र होइन पृथ्वी, जल, तेज, वायु, आकाश, सौर्यमण्डल । सम्पूर्णको अस्तित्वलाई हितानले आफ्ना रचनामा सम्बोधन गरेका छन् ।
ब्लु प्लानेटभित्र प्रकृतिलाई नायकत्व दिइएका हितानका कथा नौला छन् । वैश्विक चेतका छन् । अझ भनौँ युगचेतका छन् । हुन त नेपाली साहित्यमा प्रकृतिलाई प्रधानता दिएर अघिका दिनमा कृति न रचिएका होइनन्– जस्तो कि लेखहरूनाथ पौडेलको ऋतुविचार, तरुणतपशीकै कुरा गरौँ न । मुकुन्द शरणको प्रकृति पोखरा, उता मोहन कोइरालाको सिमसारको राजदूत छ । अझै प्रागैतिहासको कुरा गर्ने हो भने, कालिदासको मेघदूत छ नि । त्यस्तै अरू धेरै स्रष्टा छन्, कृति छन् । तथापि ती कृतिहरू स्वच्छन्दतावादको नजिक छन् । प्रकृतिको निर्मलता र सौन्दर्यको वर्णनमा सीमित छन् । त्यस्ता कृतिलाई पर्यावरणीय सिद्धान्तले मूल्याङ्कन गर्न सकिँदैन । ती अर्कै फाँटका कुरा हुन् ।
पर्यावरण खज्मजिएको, दुर्घटित पृष्ठभूमिमा कथाका नायक खतरनाक स्थितिमा छन् । हितानका कथा समस्यामूलक छन् । संकटपूर्ण छन् । कतिको जीवनै समाप्त भएको छ । कति पारिवारिक सम्बन्धहरू बिग्रिएका छन् । मानवइतरका प्राणीलाई कथाको नायक बनाइएको छ । पशुप्राणीको जगत् मलाई प्रिय लाग्छ । तिनीहरूका कुरा एकदम मन पर्छ । फेसबूकमा कुकुर, बिराला, हात्ती, गैँडा, पान्डा हेरेर मैले बडो आनन्द लिएकी हुन्छु । त्यसैले पनि होला हितानका कथाले मलाई ज्यादा छोएका । बघिनीको शोक सभा, गैँडालाई चार वर्ष, पर्यावरण शहीद, वार्षिकोत्सवमा रेड पान्डा हेर्नु न शीर्षक नै कस्ता नवीन लाग्छन् । आकर्षक छन्, कुतुहलता उत्पन्न गर्ने छन् ।
विपत्ति, अवसाद र कष्टपूर्ण स्थिति सिर्जना गरेर, पात्रलाई त्यसको भोक्ता बनाइएको छ । पर्यावरणप्रति सजग नभएमा यस्तै जीवन भोग्नुपर्छ भन्ने अभिप्रायले कथा रचिएका छन् । त्यसो त कति घटनाहरू हाम्रै दैनन्दिनका यथार्थहरू छन् । ब्लु प्लानेटका कति सन्दर्भलाई डायास्पोरिक दृष्टिले पनि विश्लेषण गर्न सकिन्छ । किन्तु पर्यावरणीय चेत प्रबल हुँदा अन्य दृष्टिकोण ओझेलमा परेका छन् ।
पर्यावरणसम्बन्धी कुरा सबैले बुझून्, ग्रहण गरून्, वातावरणलाई प्रेम गर्न सिकून् भन्ने उद्देश्य मात्र राख्दा त्यो साहित्य शुष्क निरस हुन सक्छ । सोझै पर्यावरण बचाऊ अभियानका सन्देश दिएर साहित्य रचना गर्दा पाठकीय रुचि कम्ती हुन्छ भन्ने मनोविज्ञान बुझेका हितानले कथामा पारिवारिक तथा प्रेमका विषयलाई किसमिस बनाएर त्यसमा मुख्य थिमलाई खिपेका छन् ।
ब्लु प्लानेटका सम्बन्धमा म धेरै बोल्न चाहन्नँ । पाठक आफैँले रसस्वादन गरून् । त्यसअघि लेखहरूकीय मनोविज्ञान बुझ्न, अलिकति उनकै वाणी राख्नु ठीक लाग्यो । कथाकारका कथनमा उनी भन्छन्— हाम्रा सबै लेखहरू मानव केन्द्रित हुन जाँदा पर्यावरण अन्याय, अत्याचारमा परेको कसैलाई थाहै भएन । वन्यजन्तुका हकअधिकार खोसिएको कसैलाई पत्तै भएन । हामीले प्रकृतिमाथि एकाधिकार लादेर अतिक्रमण गरेको कसैलाई साचो रहेन । वास्तवमा प्रकृतिको पारिस्थितिक सन्तुलन नै गुम्दै गएको अवस्था छ आज । सिङ्गो पृथ्वी नै जीवमण्डलीय क्षयबाट गुज्रिएरहेको छ । यी सबैको परिणाम मानवीय अस्तित्व नै खतरामा पर्नु हो ।