अलमुताइरीले छाडे प्रमुख प्रशिक्षककाे जिम्मेवारी
मकालु खबर
२०७९ भदौ २६ गते
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूले प्रशिक्षकको जिम्मेवारी त्यागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गरेका हुन् ।
गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए तर केही समयअघि १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए ।
मकालु खबर
२०७९ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित