पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति निर्वाचित भएका छन् ।

प्रजापतिले निकटतम प्रतिश्पर्धी अर्जुन पोखरेललाई ७ सय १६ मत अन्तरले पराजीत गरेका हुन् । प्रजापतिले १ हजार ६ सय १३ मत पाउँदा पोखरेलले ८ सय ९७ मत पाएका थिए ।

अधिकांश पदाधिकारी र सदस्यहरुमा पनि प्रजापति प्यानलकै उम्मेद्वार विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बास्तोला र उपमहासचिवमा शोभा गौतम विजयी भइन् ।

कार्यसमिति सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानांग, दिलिप कुमार श्रेष्ठ, भरत केसी, कृष्ण प्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोज कुमार श्रेष्ठ र सुदीप ओझा विजयी भएका छन् ।

वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चपागाईं विजयी भए । एसोसियटमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध हुँदा औद्योगिक सदस्यमा युवकबहादुर बस्नेत सर्वसम्मत बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *