बिपी प्रतिष्ठान विद्यार्थी कल्याण परिषद्ले पायाे ७ वर्षपछि नेतृत्व

विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा विगत लामो समयदेखि हुन नसकेको विद्यार्थी कल्याण समाजको निर्वाचन ७ वर्षपछि भएको छ । हरेक २-२ वर्षमा सम्पन्न हुनुपर्ने उक्त निर्वाचन ७ वर्षपछि भएको हो ।

विद्यार्थी कल्याण समाज २०७२ को विधानको परिच्छेद ८ को दफा (क) बमोजिम डा. शमशेर श्रेष्ठको अध्यक्षतामा ७ सदस्य निर्वाचन समिति गठन गरिएको थियो । प्रतिष्ठानको सञ्चालक परिषद् ३२औँ सभाको निर्णय एवं कार्यकारिणी समितिबाट पारित विधान अनुरूप समाजको निर्वाचन भएको हो ।

कुल २७ सदस्य रहेको उक्त समाजमा १९ जना सदस्य निर्वाचनबाट चयन भएर आएका छन् । बाकी सदस्यहरू भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समाजको अध्यक्षमा ओम शान्ति रजक निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष: यादव अर्याल उपाध्यक्ष (जुनियर रेसिडेन्ट) डा. अच्युत शर्मा न्यौपाने, उपाध्यक्ष (एमबीबीएस) एन्जिला कुँवर, उपाध्यक्ष (बीडीएस) मा मिरा देवी आचार्य, उपाध्यक्ष (नर्सिङ)मा अमिशा बराइली र महासचिवमा सलमान हैदर हुसेन निर्वाचित भए । सचिवमा जमुना बन र कोषाध्यक्षमा सुदर्शन साह निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूको प्रतिष्ठानको अडिटोरियम हलमा पदस्थापना तथा शपथग्रहण गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, शैक्षिक डीन, निर्वाचन समितिका अध्यक्ष, निर्वाचन समितिका सदस्यहरू, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *