गण्डकीमा एकै साता डेंगीका ५६ विरामी, यो हप्ता पनि भेटिए २९ जना
मकालु खबर
२०७९ भदौ ३० गते
पोखरा । गण्डकीमा डेंगी रोगका विरामी अत्यधिक बढेका छन् । यो साता ५ दिनमा मात्रै २९ विरामी फेला परेका छन् । अघिल्लो साता ९ वटा जिल्लामा ५६ विरामी भेटिएका थिए । ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा विरामी भेटिएका छन् । कास्कीमा हालसम्म ३२ विरामी फेला परेका छन् ।
बागलुङ र गोरखामा २६/२६, पर्वतमा २१, लमजुङमा २०, नवलपुरमा ८ म्याग्दीमा ७ र स्याङ्जाका ७ जनामा संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा हालसम्म डेंगीका विरामी फेला परेका छैनन् । एडिज जातको पोथी लामखुट्टेको टोकाइले डेंगी रोग मान्छेमा सर्ने गरेको छ ।
मकालु खबर
२०७९ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित