कर्णाली प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य गरिएको छ । गएराती १२ बजेदेखि अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखको कार्यालयबाट पत्र आएको संसद् सचिवालयका उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (५) बमोजिम अधिवेशन अन्त्य गरिएको जानकारी सचिवालयले सूचना मार्फत दिएको हो । नेपालको संविधान २०७२ को धारा १८३ उपधारा (२) बमोजिम सभा अधिवेशनको अन्त्य प्रदेश प्रमुखले गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *