अविरल वर्षासँगको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
मकालु खबर
२०७९ असोज १ गते
सुर्खेत । अविरल वर्षासँगको खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले दुई दिनदेखि लगातार परेको पानीले सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको र अवरुद्ध सडक खुलाउन डोजर पठाइएको जानकारी दिए।
यता, सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन रोकिएका छन्। ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा कठिनाइ भएको छ।
ढुंगा हटाएर सडक सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
मकालु खबर
२०७९ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित