महाअभियोगको सिफारिसबारे एमालेले भन्यो : ‘अझै छानबिन गर्न बाँकी छ’
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल एमालेबीच मतभेद देखिएको छ ।
महाअभियोगको सिफारिस निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लाग्ने नलाग्ने निष्कर्स लेख्ने जिम्मेवारी सुम्पिएको छ । महाअभियोग सिफारिस समितिले अहिले महाअभियोगको प्रतिवेदनमा छलफल गरिरहेको छ।
गठबन्धनका सासंदहरूले महाअभियोग लगाउने आधारहरू रहेको भन्दै प्रतिवेदन दिन प्रस्ताव गरेको छ भने एमालेले भने चोलेन्द्र शम्सेरमाथि छानविन गर्न बाँकी नै रहेको समय अभाव भएको भनिरहेको छ।
चोलेन्द्रशमशेरबारे एउटै प्रतिवेदन बनाउन सत्ता गठबन्धनले एमालेका सांसदहरूलाई प्रस्ताव गरेको नेपाली कांग्रेसका सासंद मीनबहादुर विश्वकर्माले जानकारी दिए।
‘हामीले एउटै प्रतिवेदन दिऊ भन्यौं तर उहाँहरूले भने अझै छानबिन गर्न बाँकी छ। समय अभाव भयो भनिरहनु भएको छ,’ उनले भने।
समितिमा सत्ता गठबन्धनका सांसदकै बहुमत छ। त्यसैले उनीहरूकै प्रतिवेदन पास हुने भयो भने एमालेले नोटअफ डिसेन्ट लेख्ने एमालेकै एक सांसदले बताए।
‘चोलेन्द्रशमशेरलाई महाअभियोग लगाउने चाहिने आवश्यक प्रमाण कागज फैसलालगायतका डकुमेन्ट आएकै छैनन्। तीमाथि छलफल गरेर बल्ल एउटा निष्कर्षमा पुर्याउन सकिन्छ। हाल बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।