सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरेन्द्रनगर गोदामलाईन सुर्खेतले चाडपर्व लक्षित गरेर शनिबार देखि सुपथ मूल्य पसल सञ्चालन गरेको हो।

सुपथ मूल्य पसल ग्राहकको हितलाई मध्यनजर गर्दै शनिबार तथा सार्वजनिक बिदाका दिनहरु बाहेक अन्य दिनमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। आज देशभरका एकैसाथ ४१ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। सुपथ मूल्य पसलको उद्घाटनमा प्रमुख अतिथि सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, साथै कार्यक्रममा सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति बिमल डाङ्गी, सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष लगायत सन्चारकर्मीको उपस्थिति थियो।

सुपथ मूल्य पसलमा स्टिम जिरा मसिनो चामल प्रति किलो ६० रुपैयाँ, सोना मंसुली चामल प्रती केजि ४३ रुपैयाँ, मोटा चामल ४० रुपैयाँ, वास्मती चामल ९८ रुपैयाँ, अरहर दाल प्रती केजि १७१ रुपैयाँ, मासको दाल प्रती केजि १३८ रुपैयाँ र मल्का (मुसुरो) दाल प्रती केजि १४८ रुपैयाँ बिक्री वितरण भैइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय सुर्खेतले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सुपथ मूल्य पसल सञ्चालन गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकमा सरकार भएको झल्को दिएको बताएका छन्। विपन्न गरिबीको रेखामुनि रहेका परिवारलाई राहात उपलब्ध गराउने र न्यून मुल्यमा खाद्य सामाग्री उपलब्ध गराउने, चाडपर्वको समयमा बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा र अस्वभाविक मूल्य वृद्धि रोक्न बर्सेनी यस्तो पसल सञ्चालन गरिदै आएको र यसले बजारमा अत्याधिक मूल्य वृद्धिले आहात भएका उपभोक्तालाई राहात दिन्छ प्रजिअ रिजालको भनाई छ।

बजारमा मूल्य वृद्धि हुने भएकाले मूल्य नियन्त्रण गर्दै सन्तुलन कायम गर्नका लागि पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय सुर्खेतका प्रमुख माधब मिश्रले बताए।सरकारी स्वामित्वका संस्थानहरुले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलको कारण बजारमा मूल्य वृद्धि नियन्त्रण हुन सघाउ पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *