सरकारकाे भण्डाफाेर गर्ने अनेरास्वयुकाे निर्णय

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ ।

असोज १ र २ गते काठमाडौँमा सम्पन्न अनेरास्ववियुको तेस्रो नीति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत भण्डाफोर गर्ने जनाएको छ ।

त्यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दबाबमूलक। रचनात्मक आन्दोलन गर्ने र महँगी, कालोबजारी, भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय पनि सङ्गठनले गरेको छ । त्यस्तै इन्धनको मूल्यलाई वैज्ञानिक तथा स्वचालित प्रणाली कायम गरी वस्तुबजार अनुगमन गर्न पनि महाधिवेशनले माग गरेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

उनले आगामी निर्वाचन धाँधली रहित र निष्पक्ष रूपमा सम्पन्न गराउन पनि माग गरेको बताइन् । उनले संविधानको कार्यान्वयन गराउनका लागि र शिक्षालाई लगानी बढाउनका लागि पनि संघर्ष गर्ने उल्लेख गरिन् ।

उनले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । महाधिवेशनले अध्यक्ष बरालको संयोजकत्वमा ११ हजार १ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी निर्माण पनि गरेको अनेरास्ववियुले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *