एड्भोयको अब्रोड स्टडी एक्स्पो सञ्चालन

काठमाडाैँ । एड्भोय कन्सल्टेन्सी बुद्धनगरले मंगलबार एकदिने ‘एड्भोय अब्रोड स्टडी एक्स्पो’ सञ्चालन गरेको छ । उच्च शिक्षाका लागि; खासगरी यूके र क्यानडाकेन्द्रित हुँदै हात्तीसारस्थित अरन्या बुटिक होटलमा एक्स्पो  सञ्चालन भएको हो ।

यस्तै उक्त एक्स्पोमा विभिन्न वैदेशिक शैक्षिक गन्तव्यहरूबाट आएका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा समाधान गरेका छन् । पछिल्लो समय विदेश अध्ययन गर्न जाने अत्याधिक नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य यूके र क्यानडा भएकाले एक्स्पो आयोजना गरिएको कन्सल्टेन्सीले जनाएको छ ।

एक्स्पोमा यूके र क्यानडाका १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेको छ ।  एक्स्पोमा आएका विद्यार्थीहरूले  स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरूबाट परामर्शसहित शीघ्र अफर लेटरको सुविधाहरू पाएका छन् । यस्तै एड्भोयको बृहत् कोर्सहरूको सूचीबाट आफूलाई उपयुक्त हुने कोर्स छनोट गर्ने अवसर पनि विद्यार्थीले पाए ।

एड्भोयका नेपाल निर्देशक फिलिप डिसीकाअनुसार एक्स्पोमा आज ८०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । डिसीले विद्यार्थीहरूको मागअनुसार नै एक्स्पो सञ्चालन गरिएको बताए । विद्यार्थीले भोगिरहेकाका भिसा तथा छात्रवृत्तिसम्बन्धी र अन्य जिज्ञासासम्बन्धी समाधान गराई दुई दिनभित्र अफर लेटर प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *