नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौँ । नागरिकता विहीन युवाहरूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघरमा धर्ना दिएका छन् ।

नागरिकता सम्बन्धी कानुन अघि नबढ्दा आफूहरू नागरिकता विहीन हुन पुगेको भन्दै उनीहरूले धर्ना दिएका हुन् । उनीहरूले नागरिकता विधेयक, २०७९ शीघ्र राष्ट्रपतिद्वारा प्रमाणीकरण हुनुपर्ने एकसुत्रीय माग राखेका छन् । प्रदर्शनमा सहभागी युवाहरूले बुबा आमा दुवै नेपाली नागरिकताका सन्तान अनागरिक अहिलेसम्म ?

नेपाली आमाको सन्तान अनागरिक अहिलेसम्म भन्दै प्रश्न गरेका छन् । नागरिकता विहीन संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफ्ना मागहरू संविधान अनुरूप नै भएको बताए ।

अहिले आठौँ चरणको आन्दोलन अन्तर्गत बुबा आमा दुवै नेपाली नागरिक भएपछि आफूहरूले पनि नागरिकता पाउनुपर्ने भन्दै धर्नामा बस्नुपरेको उनले बताए । उनले छिटो भन्दा छिटो नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए ।

त्यस्तै पर्साका उत्तम कुमारले आफूसँग नेपाली नागरिकता हुँदा पनि आफ्नो छोराछोरीले नागरिकता पाउन नसकेको गुनासो गरे । उनले संविधानमा कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट वञ्चित गरिनेछैन भन्ने उल्लेख भए पनि प्रशासन कार्यालयले नागरिकता नदिएको बताए ।

यसअघि संसद्का दुवै सदनबाट पास भएको नागरिकता विधेयक अहिलेसम्म राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *