संविधानको प्रभावकारी कार्यान्वयनबाट अधिकार सुनिश्चित हुन्छ : नेत्री देउवा
मकालु खबर
२०७९ असोज ४ गते
काठमाडाैँ। नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गरेकी छन् ।
पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा नेत्री देउवाले महिला वर्गसहित आमनागरिको हरेक हकअधिकारका विषयवस्तु नेपालको संविधानमा सुनिश्चित रहेको बताए ।
संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै नागरिकको अधिकार स्थापित हुने बताउँदै नेत्री देउवाले हरेक नीतिको मुख्य नीतिनै राजनीति भएकाले यसलाई सेवामैत्री भावनाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । सो अवसरमा उनले महिला वर्ग पनि अब नेपाली राजनीतिमा होमिनु आवश्यक रहेको तर्क गरे । दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।
मकालु खबर
२०७९ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित