स्कुटर अनियन्त्रित हुँदा पोखरामा एकजनाको मृत्यु
मकालु खबर
२०७९ असोज ५ गते
पोखरा । पोखरामा स्कुटर अनियन्त्रित भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजामा बाबूछोरी सवार स्कुटर अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनामा तनहुँ व्यास नगरपालिका घर भइ पोखरा बस्दै आएका ५० वर्षीय बलबहादुर राइको मृत्यु भएको हो ।
छोरी शोनी घाइते भएकी छिन् । कास्कीको नौडाँडाबाट पोखरा आउँदै गर्दा हेमजामा उनीहरु सवार ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो ।
मकालु खबर
२०७९ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित