डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
२०७९ असोज ८ गते
काठमाडौं ।अनसनरत सत्याग्रही डाक्टर गोबिन्द केसीको जीवन रक्षा र उनको माग पूरा गराउन सरकारलाइ दवाब दिदै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
बृहत नागरिक आन्दोलनका अगुवाहरूले आयोजना गरेको प्रदर्शनमा लेखक तथा अभियान्ता खगेन्द्र संग्रौला, अभियान्ताहरु बिजयबाबु शिवाकोटी, बिमल पौडेल लगायत दर्जनौ समर्थकहरुको सहभागिता रहेको थियो ।
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा. केसीले आफ्नो २० औं अनसन सेती प्रादेशिक अस्पताल धनगढीमा सुरु गरेका थिए ।
उनको स्वास्थ्य अवस्था बिग्रीएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको थियो ।
हाल अनसनरत केसीको त्रिवी शिक्षण अस्पताल महाराजगन्जको एनएक्स वनमा उपचार भैरहेको छ ।
तस्बिरहरु:
२०७९ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित