१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
मकालु खबर
२०७९ असोज १० गते
काठमाडाैँ । धनुषाबाट १९ किलो जाँदीसहित एक जना पक्राउ परेका छन् । नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारत घर बताउने ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका झालाई बीओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १९ किलो ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी सैलेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको सशस्त्रले जनाएको छ ।
मकालु खबर
२०७९ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित