रवीन्द्र मिश्रले त्यागे विवेकशील साझाको सदस्यता
मकालु खबर
२०७९ असोज १० गते
काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । यसअघि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले सोमबार साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् ।
पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा समक्ष मिश्रले राजीनमा पेश गरेका छन् । उनले यो आफ्नो लागि जीवनकै एउटा सबैभन्दा कठिन निर्णय रहेको समृेत उल्लेख गरेका छन् । उनी भोलि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने बताइएको छ ।
मकालु खबर
२०७९ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित