यायाेक्खाकाे अध्यक्षमा जीवन र महासचिवमा भीम


काठमाडाैँ । किरात राई समुदायकाे सर्वाेच्च सामाजिक संस्था किरात राई यायाेक्खा (किराया) काे अध्यक्षमा जीवन हाताचाे राई निर्वाचित भएका छन् । काठमाडाैँमा सम्मपन्न ११औं महाधिवेशनबाट राईकाे नेतृत्वमा ५६ सदस्यीय केन्द्रीय समिति बनेकाे हाे । असाेज ८ गते शुरू भएकाे महाधिवेशनकाे बन्दसत्र भक्तपुरकाे बाेडेस्थित कृषि विकास तालिम केन्द्रमा चलेकाे थियाे, त्यही महाधिवेशनले नयाँ कार्यसमिति बनाएकाे हाे ।
समितिकाे दुई सहअध्यक्षहरूमा ज्ञानबहादुर राई र टीकासरी राई निर्वाचित हुँदा तिलप्रसाद राई, राकेश राई, जनक राई, दाेर्पध्वज राई, देवान राई, सर्वधन राई र युवराज राई उपाध्यक्षकाे जिम्मेवारीमा आएका छन् । यस्तै अध्यक्षपछिकाे कार्यकारी पद महासचिवमा भीम राई निर्वाचित भएका छन् । यसैगरी ५ उपमहासचिवहरूमा कृष्ण खालिङ राई, अर्जुन जम्नेली राई, मातृका राई, हेमन्तकुमार राई र मञ्जु साेताङ राई निर्वाचित भएका छन् ।
समितिमा पदाधिकारी मात्रै २७ जना हुन्छन् । समितिका सचिवकाे जिम्मा सुवास राई, नगेशचन्द्र राई, तारा राई, राजकुमार राई, अस्मिका राई, पर्शु विराट राई र मिनाकुमार राईले पाएका छन् । काेषाध्यक्षमा परशुराम राई निर्वाचित हुँदा ३ काेषाध्यक्षहरूमा गणेश खालिङ राई, शुसिलकुमार राई र छिला राई भएका छन् ।
केन्द्रीय सदस्यहरूमा क्रमश: खड्क पुमा राई, बिर्सिका राई, सीताकुमार राई, रत्नादेवी राई, अञ्जना राई, राकेश चाम्लिङ राई, किवाहाङ राई, मनाेज वान्तावा राई, इन्द्रमाया चाम्लिङ, नारहाङ राई, प्रमिला राई, हात्तीराम राई, भीमबहादुर राई, अञ्जली राई, मानभगत चाम्लिङ राई, हाेमबहादुर राई, दीपक राई निर्वाचित भएका छन् ।
यसैगरी अञ्जना राई, रामध्वज राई, सम्झना राई, रामचन्द्र राई, विकास राई, मनिकुमार राई, कमला राई, डेकिन्द्रकुमार राई, राेशन वान्तावा राई, जयकुमार राई, मुकुन्द राई र झिल खिम्बुले राईले पनि केन्द्रीय सदस्यकै जिम्मेवारी पाएका छन् ।
अन्य केन्द्रीय सदस्यहरू पछि मनाेनीत गरिने समितिले जनाएकाे छ । यायाेक्खाकाे १०औं महाधिवेशन सुनसरीकाे धरानमा भएकाे थियाे । उक्त महाधिवेशनबाट दिवस राईकाे अध्यक्षताम समिति बनेकाे थियाे ।
