चुनावी तालमेलबारे राप्रपासँग निर्णायक वार्ता गर्दै एमाले
मकालु खबर
२०७९ असोज २१ गते
काठमाडौं । आगामी निर्वाचनमा तालमेल गर्नेबारे नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच छलफल हुने भएको छ । अहिले केहीबेरमा बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा वार्ता हुने एक नेताले जानकारी दिए । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित दुवै पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन् ।
उनीहरुबीच कति सिट र कहाँ कहाँ तालमेल गर्ने भन्ने वार्तापछि टुङ्गो लाग्नेछ । एमालेले आजै जसपासँग पनि चुनावी तालमेलको लिखित सहमति गर्ने पनि बुझिएको छ । यस्तै एमाले र जनता समाजवादी पार्टी जसपाबीच पनि आजै तालमेलबारे निर्णायक वार्ता हुने बताइएको छ ।
मकालु खबर
२०७९ असोज २१ गते
प्रतिक्रिया