गठबन्धनमा खटपट, ४ मन्त्रीको पद धरापमा
मकालु खबर
२०७९ असोज २१ गते
काठमाडौं । सत्तारूढ गठबन्धनमा खटपट शुरू भएपछि सरकारका ४ जना मन्त्रीको पद धरापमा पर्ने भएको छ । जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीको पद धरापमा पर्ने भएको हो । गठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग जसपाले चुनावी तालमेल गरेपछि चार मन्त्रीको पद धरापमा पर्ने देखिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादवको जिम्मेवारी खोस्ने भएका छन् । निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन ।
मकालु खबर
२०७९ असोज २१ गते
प्रतिक्रिया