बालुवाटार बैठकबाट जसपा बाहिरिएसँगै लोसपाको ‘इन्ट्री’
मकालु खबर
२०७९ असोज २१ गते
काठमाडौं । सत्ता सत्तागठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)को इन्ट्री भएको छ ।
जसपाले एमालेसँग चुनावी तामेल गर्ने भएपछि सत्ता गठबन्धनमा सामेल हुने गरी लोसपा बालुवाटार छिरेको एक नेताले बताए ।
सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी भएका थिएनन् ।
सिट बाँडफाँटमा कुरा नमिलेपछि जसपा र सत्ता गठबन्धन बीच खटपट भएको थियो ।
हाल सत्ता गठबन्धनका नेताहरु र लोसपाका शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बीच बालुवाटारमा छलफल चलिरहेको छ ।
मकालु खबर
२०७९ असोज २१ गते
प्रतिक्रिया