काठमाडौं ६ मा एमालेबाट सर्वेन्द्र खनालले पाए टिकट

काठमाडौं । नेकपा एमालेबाट सर्वेन्द्र खनालले टिकट प्राप्त गरेका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

२०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालीन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए ।

त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो । काठमाडौं ६ मा नेपाली कांग्रेसले चाहिं भीमसेनदास प्रधानलाई टिकट दिने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *