जसपासँगको तालमेल र क्षेत्र बाँडफाँले एमाले मोरंगमा असन्तोष, भोटमाग्दै हिडेका नेताको टिकट खोसियो

विराटनगर । नेकपा एमालले मोरंगमा प्रतिनीधि सभाको एक र प्रदेशको तीन निर्वाचन क्षेत्र जसपालाई दिएर चुनावी तालमेल गरेको छ ।
प्रतिनीधि सभाका लागि मोरंगको क्षेत्र नम्बर ५ र प्रदेशका लागि ४,५,६ निर्वाचन क्षेत्रको ख क्षेत्र जसपालाई दिएको हो ।

अन्तिम समयमा आएर जसपालाई निर्वाचन क्षेत्र दिएपछि एमाले मोरंगमा तिव्र असन्तुष्टी फैलिएको छ ।
तालमेल पछि उमेद्वार फाइनल भएर भोट माग्दै हिडेका नेताहरु समस्यामा परेका छन् ।

मोरंग क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डल प्रतिनीधि सभाका लागि फाइनल उमेद्वारको रुपमा हेरिएको थियो ।
जिवन विकास समाज नामक सस्थाका निर्देशक मण्डल एमालेमा प्रवेश गरि चुनावी गतिबीधिमा व्यस्त थिए ।

मोरंग क्षेत्र नम्बर ६ ख मा परशुराम बस्नेत फाइनल उमेद्वार भन्दै एक महिना अघिबाटै भोट माग्दै हिडेका थिए ।
यस्तै क्षेत्र नम्बर ४ ख मा जीवन घिमिरे समेत फाइनल उमेद्वारका रुपमा हेरिएका थिए । उनी पनि महिना दिन अघिबाटै मत माग्न व्यस्त थिए ।

जिल्लामा सोध्दै नसोधी क्षेत्र बाँडफाँड भएको भन्दै एमाले मोरंगका नेताहरु असन्तुष्टी जनाएका छन् ।
एक नेताले भने अहिले पनि पुर्नविचारका लागि भनिरहेका छौ । हामी जसपालाई त्यती धेरै क्षेत्र दिनु हुँदैन भन्ने पक्षमा छौ ।

यी हुन अव एमाले मोरंगका उमेद्वार

६ वटा निर्वाचन क्षेत्र रहेको मोरंगमा क्षेत्र नम्बर १ बाट एमालेलाई घनश्याम खतिवडालाई उमदेवार बनाउने भएको छ । उनीसँगै पूर्व कानुन मन्त्री शिवमाया तुम्वाहम्फे पनि उमेद्वारको आकाक्षी रहेकी थिइन् तर अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचन जितेका खतिवडाले टिकट पाउने एमालेका एक स्थायी कमिटि सदस्यले बताए ।

क्षेत्र नम्बर २ बाट एमाले मोरंगका अध्यक्ष ऋषीकेश पोखरेल, ३ बाट भानुभत्त ढकाल , ४ बाट विनोद ढकाल, ६ बाट लालबावु पण्डित संघका लागि उमेद्वार हने एमालेले जनाएको छ ।
प्रदेशमा भने तालमेलपछि उमेद्वार हेरफेर हुने भएकाले फाइनल नाम भोली सम्ममा आउने एमाले मोरंगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *