राष्ट्रपति भण्डारी अस्पताल भर्ना
मकालु खबर
२०७९ असोज २२ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण अस्पताल भर्ना भएकी छन् ।
भण्डारीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार, भाइरल ज्वरोका कारण शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ, अहिले उहाँको परीक्षण भइरहेको छ ।
मकालु खबर
२०७९ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित