सुनसरीमा सफारी चालकमाथि खुकुरी प्रहार
मकालु खबर
२०७९ असोज २२ गते
विराटनगर । सुनसरीको इटहरीमा एक सिटी सफारी चालकमाथि खुकुरी प्रहार भएको छ।
इटहरीको मुख्य बजारमा सिटी सफारी चालकको खुकुरी प्रहारपछि हात काटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सिटी सफारी चालक भुने चौधरीलाई आफन्त पर्ने राम भुजेलले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
इटहरी–५ का सिमरवनाका भुजेल र चौधरी बिच पारिवारिक सम्बन्ध रहेको छ । केही दिन अगाडि भुजेलले घरैमा चौधरी माथि आक्रमण प्रयास गरेका थिए ।
भुजेलले के कारण चौधरी माथि आक्रमण गरेको अझै प्रष्ट हुन सकेको छैन ।
प्रहरीका अनुसार हात काटिएपछि चौधरीको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
भुजेललाई प्रहरी नियन्त्रणमा लिएरक छ ।
मकालु खबर
२०७९ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित