मोरङ २ मा मिनेन्द्रलाई पन्छाउँदै सुजातालाई टिकट
मकालु खबर
२०७९ असोज २३ गते
काठमाडौं। मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले टिकट पाएकी छन् ।उक्त क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए ।
कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरे पनि दुवैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो । शनिबार राति पार्टीले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ ।
विसं। २०७४ मा डाक्टर रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ । मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसले डाक्टर सुनील शर्मालाई टिकट दिएको छ । शर्मा क्षेत्रबाट एकल सिफारिसमा परेका थिए ।
मकालु खबर
२०७९ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित