डा. सशांकले दर्ता गरे उम्मेद्वारी
मकालु खबर
२०७९ असोज २३ गते
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सशांक कोइरालाले नवलपुरबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
गठबन्धनको साझा उम्मेद्वारका रुपमा उनले नवलपुर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका हुन् ।
कोइरालाले मनोनयन दर्तापछि आफु अन्तिम पटक प्रतिश्पर्धामा होमिएको प्रतिक्रिया दिए । नवलपुरका दुवै क्षेत्र कांग्रेसले पाएको छ ।
क्षेत्र नम्बर २ का उम्मेद्वार विष्णु केसीले निर्वाचन आयोगको कार्यालयबाटै उम्मेद्वारी दिएका छन् ।
मकालु खबर
२०७९ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित