मुस्ताङमा रोमी गौचनका छोरा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेद्वार

पोखरा । मुस्ताङमा रोमी गौचनका छोरा योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भएका छन् ।

लामो समय एकछत्र राज गरेका रोमीले आफ्नो छोरालाई नेतृत्व दिन लागेका हुन् । उनले निर्वाचन आयोगमा उम्मेद्वारी दिएका छन् ।

रोमी २०७० मा वाणिज्य मन्त्री बनेका थिए भने २०७४ मा पराजीत भएका थिए । यसपटक उनले छोरालाई गठबन्धनको उम्मेद्वार बनाएका हुन् । योगेश पनि बाबुसँगै राजनीतिमा सक्रिय छन् ।

प्रदेशसभा (क) मा नम्बु गुरुङ र (ख) मा विकल शेरचनलाई उम्मेद्वार बनाएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि प्रेम तुलाचनलाई दोहो¥याइएको छ भने प्रदेशसभा (क) मा इन्द्रधारा विष्ट र (ख) मा चन्द्रमोहन गौचनलाई उम्मेद्वार बनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *