भोजपुरमा दुई मुख्यमन्त्रीको उम्मेदवारी

पुर्वमुख्यमन्त्रीको संघ र बहालवाला मुख्यमन्त्री राई प्रदेशमा

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आज उम्मेदवारी दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोक बमोजिम मुख्यमन्त्री राईले दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट मनोनयन पत्र दर्ता गराए ।

भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गराए ।

भोजपुरबाट नै संघीय निर्वाचन क्षेत्रमा प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

राईले यो निर्वाचन क्षेत्रबाट यस अघि निर्वाचित भएर संचारमन्त्री भएर संघीय सरकारको प्रवक्ता भएर काम गरिसकेका छन् । त्यस्तै भोजपुर (१) बाट हरिबहादुर राई र (२) बाट खड्ग बहादुर कार्कीले प्रदेश सभा सदस्यको लागि मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *