मोरङका ६ निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी दर्ता, यी हुन प्रतिस्पर्धी (नामावली सहित)
विराटनगर । मोरङका ६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको छ। सबैभन्दा धेरै क्षेत्र नम्बर ३ मा ३१ जनाले उम्मेदवारी दिएका छन् भने सबैभन्दा कम क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा १५ जनाको उम्मेदवारी दर्ता हुँदा क्षेत्र नम्बर ५ र ६ मा समान १६–१६ जनाको मनोेनयन दर्ता भएको छ। क्षेत्र नम्बर ४ मा १७ जना उम्मेदवार बनेका छन् ।
निर्वाचन अधिृकतका कार्यालयहरुका अनुसार यस्तो छ मनोनयन दर्ताको विवरण ।
(१) लिम्बु र खतिवडा
संघीय निर्वाचन क्षेत्र तर्फ मोरङ १ बाट १५ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु, नेकपा एमालेका घनश्याम खतिवडा, राष्टिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ, राष्टिय जनमुक्ति पार्टीका बुद्धमायाँ लिम्बु, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल, नेपाल मजदुर किसान पार्टीका लक्ष्मीप्रसाद कवाँ, मंगोल नेशनल अर्गनाईजेशनका सुरज लिम्बु, संघीय लोकतान्त्रीक राष्टिय मञ्चका हर्कमान सम्बाहाम्फे र राष्टिय प्रजातन्त्र पार्टीका होमनाथ गौतमले मनोनयन दर्ता गरेका छन् । यो क्षेत्रबाट प्रतिनिधि सभाको लागि ६ जना स्वतन्त्रको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
(२) पोखरेल र कोईराला
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेलले मनोनयन दर्ता गरेका छन् भने नेपाली कांग्रेसकी सुजाता कोईरालाले गठबन्धनको तर्फबाट मनोनयन दर्ता गरिन् । यो क्षेत्रमा स्वतन्त्र सहित १३ जनाको मनोनयन दर्ता भएको छ। संघीय लोकतान्त्रीक राष्टिय मञ्चका खीलबहादुर खड्का, राप्रपाका गोपाल दाहाल, राष्टिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने, लोकतान्त्रीक समाजवादी पार्टी नेपालका नारायणप्रसाद गन्गाई, मंगोल नेशनल अर्गनाईजेशनका नारायण विसंखे, नेश्रलिष्ट पिपल्स पार्टीका मिना कटुवाल बुढाथोकी छन् । हाम्रो नेपाली पार्टीका विनोदमणी भट्टराई, नेपाल मजदुर किसान पार्टीका सुरेश कवाँले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका लागि ३ जना स्वतन्त्रको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
(३) शर्मा र ढकाल
मोरङ क्षेत्र नम्बर ३ मा भने प्रतिनिधि सभाको लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ। यो क्षेत्रमा नेकपा एमालेका भानुभक्त ढकाल, नेपाली कांग्रेसका सुनिल शर्मा, राप्रपाकी नेतृ रेखा थापाले मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रमा नेकपा मालेले उद्धिमबहादुर खड्कालाई उम्मेदवार बनाउँदा नेपाल मजदुर किसान पार्टीले ओम नारायण राजवातर धामीलाई उम्मेदवार बनाएको छ। जनता समाजवादी पार्टीबाट कमल लिम्बु, हाम्रो नेपाली पार्टीबाट खगेन्द्र प्रसाद न्यौपाने, संघीय लोकतान्त्रीक राष्टिय मञ्चबाट चन्द्रीकादेबी लिम्बु, नेश्रलिष्ट पिपल्स पार्टीका नारायण शर्मा, मंगोल नेशनल अर्गनाईजेशनका विकेन्द्र राई, लोकतान्त्रीक समाजवादी पार्टीका भुवन राई, राष्टिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा १९ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ।
(४) ढकाल र मोदी
क्षेत्र नम्बर ४ मा नेकपा एमालेका विनोद ढकालले मनोेनयन दता गरेका छन् भने गठबन्धनको तर्फबाछ नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले उम्मेदवारी दर्ता गरे। त्यस्तै नेपाली कांग्रेस (वि.पी)ले पनि यो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। यो निर्वाचन क्षेत्रमा कांग्रेसको उम्मेदवार नेकपा माओवादीलाई सघाउने भनिएको छ। नेपाली कांग्रेस (बि.पी.) बाट अशोक पौडेल, संघीय लोकतान्त्रीक राष्टिय मञ्चका गुल्टेन रिषिदेव, मंगोल नेशनल अर्गनाईजेशनका धनबहादुर लिम्बु, हाम्रो नेपाली पार्टीका नविन कुमार विस्वास खवास, राष्टिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटी, राष्टिय प्रजातन्त्र पार्टीका रवि रिजाल, लोकतान्त्रीक समाजवादी पार्टीका लक्ष्मण साहु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीको पार्टीगत उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभामा १७ जनाको उम्मेदवारी दर्ता गराउनेमा ७ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मणीराम पोखरेलले जानकारी दिए ।
(५) मण्डल र यादव
क्षेत्र नम्बर ५ मा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डललाई गठबन्धनले उम्मेदवार बनाएको छ। यो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टी बिच चुनावी तालमेल भएको छ। नेकपा एमालेले आफ्नो उम्मेदवारी नदिएको यो क्षेत्रमा जसपाले राजकुमार यादवलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। उनले आईतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरे । त्यस्तै जनमत पार्टीका मरमेश्वर मुर्मु, राष्टिय स्वतन्त्र पार्टीका प्रमोदकुमार मण्डल, हाम्रो नेपाली पार्टीका फिरोजकुमार साह, संघीय लोकतान्त्रीक राष्टिय मञ्चका मंगल ऋषिदेव, नेपाल लोकतान्त्रीक पार्टीका मजबुल रहमान मियाँ मुस्लिम, राष्टिय प्रजातन्त्र पार्टीका रेवतबहादुर थापाले उम्मेदवारी दिएका छन् । १६ जनाले प्रतिनिधि सभामा मनोनयन दर्ता गराएका मध्ये यो क्षेत्र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
(६) पण्डित र कोईराला
निर्वाचन क्षेत्र नम्बर ६ मा २०७४ सालको प्रतिस्पर्धात्मक अबस्थामा नेपाली कांग्रेसका डा. शेखर कोईराला र नेकपा एमालेका लालबाबु पण्डितका बिचमा कडा प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमालेका पण्डित र नेपाली कांग्रेसका कोईरालाले मनोनयन दर्ता गराएका हुन् । त्यस्तै राप्रपाबाट गोपाल कटुवाल क्षेत्री, नेपाल मजदुर किसान पार्टीबाट चिञ्जीवी खतिवडा, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, संघीय लोकतान्त्रीक राष्टिय मञ्चका दुखाराम माझी, बहुजन शक्ति पार्टीका नारायण पासवान, जनता प्रगतिशिल पार्टीका प्रशान्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीबाट बलराम खवास, जनमत पार्टीका बुद्धिराम माझीले मनोनयन दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका मोहनबहादुर राई, राष्टिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, लोकतान्त्रीक समाजवादी पार्टीका राजु मण्डल राजबंशीले प्रतिनिधि सभा क्षेत्र नम्बर ६बाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । यो क्षेत्रमा १६ जनाको प्रतिनिधिसभामा मनोनयन दर्ता हुँदा ३ जनाको स्वतन्त्र उम्मेदवारी परेको बुढाथोकीले जानकारी दिए ।