रुपन्देहीमा रोचक दृश्य : बाबुछोरा चुनावी मैदानमा

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएक छन् ।

नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका फैज अहमद खाँनले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

यसैगरी उनकै छोरा २८ वर्षीय ईमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आएका खाँन परिवारबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृत कृष्राम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ । यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *