सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मकालु खबर
२०७९ असोज २७ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपी लामिछानेलाई थप ५ दिन थुनमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
असोज २० गते पक्राउ परेका लामिछानेलाई यसअघि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने माग गरे पनि अदालतले भने ५ दिन म्याद थपेको हो ।
मकालु खबर
२०७९ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित