बैंकहरुको चर्को ब्याजदरविरूद्ध वीरेन्द्रनगर बजार बन्द
मकालु खबर
२०७९ असोज २८ गते
सुर्खेत। बैंकहरुको चर्को ब्याजदरविरुद्ध विभिन्न व्यवसायिक संघ९संस्थाहरूले आज (बिहीबार) सुर्खेतको वीरेन्द्रनगर बजार बन्दको आह्वान गरेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघमा बसेको व्यवसायिक संस्थाहरूको बैठकले विज्ञप्ति जारी गर्दै आज बन्दकोआह्वान गरेको हो ।
वीरेन्द्रनगरका व्यापार व्यावसायीहरुले आज आफ्नो व्यापार बन्द गरेर आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। हिजो गठन भएको संयुक्त संघर्ष समितिसमेत ऋणीहरूलाई त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन आग्रह समेत गरेको छ ।
मकालु खबर
२०७९ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित