राजु गुरुङको रिट हरिप्रसाद फुयालको एकल इजलासमा
मकालु खबर
२०७९ असोज २८ गते
काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।
अदालतमा विचाराधिन भएको मुद्दालाई आधार बनाएर प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहिबार अदालतमा उजुरी दिएका थिए।
मकालु खबर
२०७९ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित