युवा संघ बुढीगंगाको अध्यक्षमा कार्की चयन, रीता भन्छिन् ‘पाहुना उम्मेदवारलाई जनताले चिन्छन्’
मोरङ । नेकपा एमाले निकट युवा संघ नेपाल बुढिगंगा गाउँकमिटिको अध्यक्षमा दिनेश कार्की चयन भएका छन् । शनिवार बुढिगंगामा भएको पालिका स्तरीय भेलाले कार्कीको अध्यक्षमाता ३६ सदस्य कमिटि गठन भएको हो ।
जसको उपाध्यक्षमा देवकुमार विश्वास, सचिवमा त्रिलोचन तिम्सिना, सह सचिवमा ओमप्रकाश विक र कोषाध्यक्षमा पोपिलादेवी सरदारलाई चयन गरिएको हो । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका उम्मेदवार लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला र गाउँपालिकाका नेताहरुको उपस्थिती थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पण्डितले आगामी मंसिर ४ को निर्वाचनको लागि युवा परिचालनलाई ब्यापकता दिनु पर्ने बताए । विगत ५ बर्षको अबधिमा आफुले धेरै राम्रो काम गरेको बताएका पण्डितले ति कामको प्रचारमा लाग्न पनि उनले युवाहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र नम्बर ६ प्रदेश (क) की उम्मेदवार रीता न्यौपानेले युवालाई निर्वाचनमा जिताउने गरि लाग्नु पर्ने बताईन् ।
आफु एक मात्र महिला उम्मेदवार भएको कारण आफ्नो जित सुनिश्चित भएको बताईन् । ५ बर्षमा एक पटक निर्वाचनमा मात्र अनुहार देखिएका ब्यक्तिलाई जनताले चिन्ने बताएकी न्यौपानेले आफु सँधै जनताको साथमा रहेको बताईन् । नेकपा एमालेकी उम्मेदवार रीता न्यौपानेसँग गठबन्धनको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जीवन आचार्य उम्मेदवार बनेका छन् ।
आचार्य २०७४ सालको निर्वाचनमा पराजित भएपछि आफ्नो निर्वाचन क्षेत्र नफर्किएको आरोप लाग्दै आएको छ।